+
+
Shares

तनहुँमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकले गुमाए ज्यान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २६ गते २१:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितुवाको आक्रमणमा ६ वर्षीय बालकको मृत्यु भयो, घटना तनहुँको बन्दिपुर गाउँपालिकामा सोमबार साँझ भएको हो।
  • आक्रमणपछि गम्भीर घाइते बालकलाई अस्पताल ल्याइयो, तर उपचारको क्रममा मृत्यु भयो।
  • प्रहरी र वन कार्यालयले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।

२६ जेठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा सोमबार साँझ भएको चितुवाको आक्रमणबाट एक ६ वर्षीय बालकको ज्यान गएको छ ।

स्थानीय दलबहादुर गुरुङका छोरा उत्सव गुरुङ आफ्नै घरको आँगनमा बसेको बेला अन्दाजी साँझ ७ः३० बजे अचानक जंगली चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाले जानकारी दिए ।

आक्रमणमा गम्भीर घाइते बालकलाई तुरुन्तै बन्दिपुर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा साँझ ८ः२० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

चितुवा आक्रमणको घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ । घटनापछि प्रहरी र वन कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?