News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले आज लाओससँग एसियन कप छनोट अन्तर्गत खेल्दैछ।
- प्रशिक्षक म्याट रोसले घरेलु मैदानमा लाओसको कडा प्रतिस्पर्धा हुने बताए।
- नेपालले लाहोसविरुद्धको खेल जित्ने लक्ष्य राखेको छ।
२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले आज लाओससँग खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल मंगलबार साँझ नेपाली समय अनुसार पौने ६ बजे न्यु लाओस स्टेडियममा सुरु हुनेछ ।
घरेलु टोली लाओसविरुद्धको खेललाई सामान्य रुपमा नलिएको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएकाछन् ।
लाओस घरेलु टोलि भएकोले कुनै गल्ती गर्न नहुने प्रशिक्षक रोसले मंगलबार बेलुका भएको प्रि कन्फ्रेन्समा बताएका हुन् । उनले घरेलु मैदानमा लाओसले केही फाइदा लिन सक्ने हुनाले पनि आफूहरु सचेत रहेको बताएका छन् । लाओस घरेलु मैदानमा कडा प्रतिस्पर्धीका रुपमा रहन सक्ने बताउँदै उनले भने, ‘मलाई लाग्छ । लाओस पूर्णरुपमा संगठित टोली हो । अत्यन्त आक्रमक रहेको लाओसविरुद्ध केही कमजोरी गर्दा टोली डरलाग्दो बन्न सक्छ,’ प्रशिक्षक रोसले भने, ‘त्यसैले पनि हामीले भोलीको खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौ । त्यसैले पनि दुवै टोली अंक बढाउन तयार अवस्थामा रहेकाछन् ।’
समूह एफमा रहेका नेपाल र लाहोस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् । नेपाल अहिलेसम्म लाहोस नहारेकोले यो खेल जित्दै छनोटमा अंक जोड्ने योजनामा छ ।
नेपालले लाहोससँग खेल्नुअघि हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । हङकङलाई गोलरहित बराबरीमा रोकेर नेपाली टोली लाहोस पुगेको हो ।
यस्तै प्रशिक्षक रोसले नेपाली टोलीमा केही परिवर्तन हुने संकेत गरेकाछन् । हंगकंगविरुद्ध खेलेको टोली नै मैदानमा उत्रनेमा केही संशय रहेको बताउँदै उनले भने, ‘हङकङविरुद्ध मैदानमा उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ । सम्भवतः हामी बलियो टोली मैदानमा उतार्नेछौ ।’
हङकङ विरुद्ध पहिलो रोजाईँमा खेलेका डिफेन्डर डिफेन्स सनिश श्रेष्ठ घाइते छन् ।
यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्ध खेल्न सबै सकारात्मक रुपमा तयार रहेको बताए । उनले भने, ‘लाओसविरुद्ध प्रतिस्पर्धा गर्न हामी सधै उत्सुक र तयार रहेकाछौ,’ किरणले प्रि म्याच कन्फ्रेन्समा भने, ‘पछिल्लो चारवटा खेलमा मैले पनि सहभागिता जनाएको छु । त्यसैले पनि भोलीको खेलका लागि हामी शारिरीक र मानसिक रुपमा तयार रहेकाछौ ।’
यस्तै नेपालका फरवार्ड अन्जन विष्टका लागि पनि आजको खेलमा गोलको कीर्तिमान बनाउने अवसर हुनेछ । अन्जनले अहिले हरि खड्का र निराजन रायमाझी समान पालका लागि १३ गोल गरेका छन् । लाहवस विरुद्ध गोल गरेका उनी नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन् ।
साउदी अरबमा सन् २०२७ मा हुने एसियन कपका लागि अहिले भइरहेको छनोट तेस्रो तथा अन्तिम चरणको छनोट हो । जहाँ नेपालले आफ्नो दोस्रो अवे खेल खेल्नेछ । यसअ३ नेपाल पहिलो खेलमा मलेसियासँग २-० र लाहोस भियतनामसँग ५-० ले पराजित भएको थियो ।
नेपाल र लाहोसबीच अहिलेसम्म ६ खेल भएकोमा ४ खेल नेपालले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ ।
प्रतिक्रिया 4