
२७ जेठ, काठमाडौं । अवैध लागुऔषध गाजा कसुरमा कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ का ४४ वर्षीय श्याम कुस्ले छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई २५ जेठमा भक्तपुरबाट पक्राउ गरेको हो ।
गाजाको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतले १९ मंसिर २०८० मा २ हजार जरिवाना र ६ महिना कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका उनलाई अदालत उपस्थित गराएर फैसला कार्यान्वयनका लागि कारागार पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4