+
+
Shares

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति

१० महिनामै विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।
  • राष्ट्र बैंकले जनाएको छ कि यसले १८ अर्ब ४० करोड डलर बराबर विदेशी मुद्रा सञ्चित गरेको छ।
  • सञ्चित रकमले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।

२७ जेठ, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति रकम २५ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख मसान्तसम्म २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चित छ । गत असार मसान्तसम्मको तुलनामा वैशाखसम्म आउँदा मुद्रा सञ्चिति रकम २३.१ प्रतिशतले बढेको छ ।

वैशाख मसान्तसम्म अमेरिकी डलरमा यस्तो सञ्चिति रकम १८ अर्ब ४० करोड डलर बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असार मसान्तसम्मको तुलनामा २०.५ प्रतिशतले बढेको हो ।

कुल सञ्चिति रकममध्ये राष्ट्र बैंकमा २२ खर्ब ११ अर्ब ११ करोड छ भने बैंक तथा वित्तीय संस्थासँग ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बराबरको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को दश महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?