+
+
Shares

जुवातास खेल्दे गरेका ८ जना नागार्जुनबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १३:२७

२७ जेठ, काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा नागार्जुनबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठाबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

थापासहित आठ जनालाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरुबाट नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?