+

नेपाली टोलीमा तीन परिवर्तन, टोलीका १५ जनाले नै पाए मौका

२०८२ जेठ  २७ गते १५:१५ २०८२ जेठ २७ गते १५:१५
नेपाली टोलीमा तीन परिवर्तन, टोलीका १५ जनाले नै पाए मौका

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा टस हारेर ब्याटिङ सुरु गर्यो।
  • टीमले तीन परिवर्तन गरेको छ, जसमा चोटका कारण दुई खेलाडी बाहिरिएका छन् र नन्दनले डेब्यू गरेका छन्।
  • अनिल शाह र बसिर अहमद नयाँ खेलाडीको रूपमा टोलीमा आएका छन् र नन्दनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दैछन्।

२७ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै छ ।

नेपालले यस खेलमा तीन परिवर्तन गरेको छ । योसँगै ओडिआई टोलीमा रहेका सबै १५ खेलाडीले खेल्ने मौका पाएका छन् । आजको खेलमा २ परिवर्तन भने चोटका कारण गर्नैपर्ने अवस्थामा गरिएको हो ।

सोमपाल कामी र गुल्शन झाले चोटका कारण बाँकी खेल गुमाउने भएपछि उनीहरूको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा आएका छन् ।

ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन् । आसिफको ब्याट यो शृंखलाका ३ वटै खेलमा चलेको छैन । त्यसकारण आज अनिललाई मौका दिइएको हो । उनी गत नोभेम्बरपछि पहिलोपटक ओडिआई खेल्दै छन् ।

यता नन्दनले नेपालका लागि डेब्यू गर्ने भएका छन् । यसअघि एकपटक टिममा परेपनि मौका पाएका थिएनन् । उनी ब्याटबाट पनि केही योगदान दिन सक्ने खेलाडी हुन् । उनले केही समयअघि हङकङ टी२०आई शृंखलामार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।

बसिर भने स्पिन बलिङ अलराउण्डरको भूमिकामा हुनेछन् । उनले पनि टिमलाई आवश्यक परेका बेला राम्रो इनिङ खेल्न सक्छन् । उनी ३ वर्षपछिओडिआई खेल्दै छन् ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय