News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्क्वास र्याकेट्स संघले १३ औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनशिपको उद्घाटन गरेको छ।
- पहिलो दिन पुरुषतर्फ बागमती र लुम्बिनी प्रदेशले जित हासिल गरे।
- प्रतियोगितामा छ प्रदेश सहभागी छन् र लिग र नकआउट आधारमा खेल हुनेछ।
२७ जेठ, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा १३ औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबार सुरु भएको छ ।
सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा भएको पहिलो दिन पुरुषतर्फको टिभ इभेन्टमा बागमती प्रदेशले दोहोरो जित हासिल गरेको छ । बागमतीले कर्णाली प्रदेश र कोशी प्रदेशलाई सहजै हराएको हो ।
कर्णाली प्रदेशविरुद्धको खेलमा बागमतीका अरहन्त के सिम्ह र पासाङ ब्लोनले सहजै खेल जिते । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्तले जलन जिसीलाई ११–२, ११–७ र ११–७ तथा पासाङले हिमाल जिसीलाई ११–०, ११–३ र ११–० ले हराए ।
कोशी प्रदेशविरुद्ध पनि बागमतीका तीन खेलाडीले सोझो सेटमा जित हासिल गरे । राकेश परियारले खेम राज राईलाई ११–२, ११–९ र ११४, अरहन्तले नयन बहादुर मगरलाई ११–६, ११–३ र ११–३ तथा पासाङले सुर्य कुमार राईलाई ११–६, ११–५ र ११–४ ले पराजत गरे ।
यसैगरी लुम्बिनी प्रदेशले पनि गण्डकी प्रदेशलाई ३–२ ले हराएर विजयी सुरुवात गर्यो । पहिलो खेलमा सुदीप बहादुर सिंहले गण्डकीका आभन श्रेष्ठलाई ११–८, ७–११, १४–१२ र ११–९ ले हराएर लुम्बिनीलाई अग्रता दिलाए ।
दोस्रो खेलमा गौरव कटवालले गण्डकीका राजु श्रेष्ठलाई ११–९, १३–११ र ११–३ ले पराजित गरी लुम्बिनीलाई जित दिलाए । तेस्रो खेलमा नवराज श्रेष्ठले लुम्बिनीका ज्ञानु चौधरीलाई प्रतिस्पर्धात्मक खेलमा ११–६, ११–३, ४–११, ५–११ र ११–५ ले हराएपछि गण्डकीले सान्त्वना जित प्राप्त गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले राखेपले देशभर विभिन्न खेलको विकास र विस्तारमा निरन्तर सहयोग पुर्याउँदै आएको र स्क्वासजसतो सम्भावनायुक्त खेलमा यस्ता प्रतियोगिताले नयाँ प्रतिभा उजागर गर्न थप प्रेरणा दिने बताए ।
प्रतियोगितामा पुरुषतर्फ छ प्रदेशको सहभागिता रहनेछ । सहभागी छ प्रदेशलाई दुई समूहमा विभाजन गरिएको छ । पुल एमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश तथा पुल बीमा बागमती प्रदेश, कोशी प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।
लिग कम नकआउटको आधारमा प्रतियोगिता हुनेछ । हरेक पुलबाट शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनलमा पुग्नेछन् । टिम इभेन्टमा हरेक टिममा चार खेलाडी रहेका छन् ।
महिला टिम इभेन्ट्समा बागमती, गण्डकी, कर्णाली र कोशी गरी चार प्रदेशले भाग लिएको छ । महिला टिम इभेन्ट्समा लिग चरणमा शीर्ष स्थानमा रहेको टिम च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया 4