+
+
Shares

१० महिनामै ३९ प्रतिशत बढ्यो सेयर कर्जा, ठूलो ऋणमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ।
  • १० महिनामा १ करोडमाथिको सेयर कर्जा ५३.३ प्रतिशतले बढेको छ।
  • साना कर्जा २५ लाखमुनि १०.८ प्रतिशतले मात्र बढेको छ।

२८ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने मार्जिन प्रकृतिको कर्जा उच्च दरले बढेको छ ।

असार मसान्तको तुलनामा वैशाख मसान्तसम्म आउँदा कुल सेयर धितो कर्जा ३९.३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ । अन्य किसिमका कर्जाको वृद्धि सुस्ताएका बेला सेयर धितो कर्जामा भारी वृद्धि देखिएको हो ।

सो प्रकृतिको कर्जामा पनि ठूला ऋणी हाबी छन् । १० महिनामा १ करोडमाथिको सेयर कर्जा मात्रै ५३.३ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म १ करोडमाथिको सेयर कर्जा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १० महिनामा २१.१ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म यो सीमाको सेयर कर्जा १५ अर्ब ५ करोड रुपैयाँ छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड छ । १० महिनामा यो कर्जा सीमाको वृद्धिदर १५.३ प्रतिशत हो ।

२५ लाखमुनिको साना कर्जा भने १० महिनामा जम्मा १०.८ प्रतिशत मात्रै बढेको छ । वैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ८ अर्ब १० करोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?