+
+
Shares

माओवादीले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने

माओवादीले पटक–पटक थपेका केन्द्रीय सदस्यको विवरण उसले वेवसाइटमा अद्यावधिक गरेको पनि छैन । त्यसैले अहिले माओवादीका केन्द्रीय सदस्य कति छन् स्वयं माओवादीलाई पनि थाहा छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ।
  • पार्टीले विधानको १० प्रतिशत समायोजन प्रावधान निष्क्रिय बनाएको छ।
  • आगामी असार र मंसिरमा पार्टीको बैठक र महाधिवेशन आयोजना हुनेछ।

२८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने भएको छ । गत जेठ १२ गते बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । जेठ १९ गते पार्टीका केन्द्रीय सदस्यहरूलाई माओवादी केन्द्रले पठाएको सर्कुलरमा पार्टी एकीकरण या समायोजनसम्बन्धी व्यवस्था निष्क्रिय बनाउने निर्णय गरेको छ ।

२०८० फागुनमा काठमाडौंमा भएको माओवादी केन्द्रको विधान सम्मेलनले पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्राबधान गरेको थियो ।

माओवादीमा अहिले ४०८ जना केन्द्रीय सदस्य छन् । त्यसो हुँदा ४० जना भन्दा धेरैलाई केन्द्रीय कमिटीमा ल्याउन संभव थिएन । तर माओवादी केन्द्रले विधानको यो प्रावधान निष्क्रिय पारेपछि अब माओवादीमा जति पनि केन्द्रीय सदस्य थपिन सक्छन् ।

माओवादीले पटक–पटक थपेका केन्द्रीय सदस्यको विवरण उसले वेवसाइटमा अद्यावधिक गरेको पनि छैन । त्यसैले अहिले माओवादीका केन्द्रीय सदस्य कति छन् स्वयं माओवादीलाई पनि थाहा छैन ।

‘पार्टी विधानको प्रावधान अनुसार पार्टी एकता वा समायोजन हुँदा सम्बन्धित समितिको कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधान रहेकोमा पार्टी एकता, समायोजन र ध्रुविकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समितिको बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधानलाई तत्काल निस्क्रिय बनाउने’, पार्टी महासचिव देव गुरूङले जारी गरेको सर्कुलरमा उल्लेख छ ।

माओवादी केन्द्रको विधान सम्मेलनले ९९ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । तर, पार्टीको महाधिवेशनसम्मका लागि अहिलेकै कमिटी यथावत् राख्ने र महाधिवेशनमा निर्वाचनबाट केन्द्रीय सदस्य छान्ने निर्णय माओवादीले गरेको थियो ।

माओवादीको निर्णयअनुसार आगामी असारमा पार्टीको केन्द्रीय कमिटी बैठक र मंसिरमा महाधिवेशन हुने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?