
News Summary
Generated by OK AI. Editorially reviewed.- संघर्षरत एकल आमा जानियाले जागिर गुमाएकी र बैंक ऋणले थिचिएको अवस्थामा पनि सामना गरे।
- टायलर पेरीको ‘स्ट्र’ फिल्म यो साता नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको शीर्ष फिल्म बन्यो।
- फिल्मलाई २ करोड ५३ लाख पटक हेरिएको र ४ करोड ५५ लाख घण्टा दर्शकले हेरेका छन्।
संघर्षरत एकल आमा जानिया (ताराजी हेन्सन)ले एकदिन संकटपूर्ण समय भोग्छिन् । उनले जागिर गुमाएकी छिन्, आश्रयलाई कठिन छ र बैंकको ऋणले थिचेको छ ।
तरपनि, उनी डेटर यो समयसँग सामना गर्छिन् । टायलर पेरीको थ्रीलर फिल्म ‘स्ट्र’ यो साता संसारभर सर्वाधिक हेरिने नेटफ्ल्क्सि फिल्म बनेको छ । यस साता यो फिल्म ‘ग्लोबल ट्रेन्डिङ’को शीर्षस्थानमा छ ।
बिरामी छोरीको हेरचाह गर्न संघर्ष गर्दै एकपछि अर्को संकटको सामना गरिरहेकी एकल आमा जानियाको कच्चा र भावनात्मक चित्रणको लागि दर्शक र समीक्षकले ताराजी पी. हेन्सनको प्रशंसा गरे ।
यो फिल्मलाई पछिल्लो साता मात्रै २ करोड ५३ लाख पटक हेरिएको छ । १ घण्टा ४८ मिनेट रनटाइमको यो फिल्मलाई दर्शकले ४ करोड ५५ लाख घण्टा हेरेका छन् ।
यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका शीर्ष १० फिल्मको सूची यस्तो छ :
१) स्ट्र
२) नाव यू सी मी
३) बी मूभी
४) मेगन
५) नोन्नाज
६) र्याथ अफ द टाइटन्स
७) आक्वाम्यान एन्ड द लस्ट किङ्डम
८) नाव यू सी मी २
९) पुस इन बुट्स : द लास्ट विस
१०) द वाइल्ड रोबोट
प्रतिक्रिया 4