
News Summary
Generated by OK AI. Editorially reviewed.- माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन्।
- निर्देशक चन्दले सुपुष्पाको हाइट र अभिनयलाई ध्यानमा राखेर उनीसँग सम्झौता गरेका हुन्।
- फिल्मको छायांकन भदौबाट सुरु हुनेछ र यसमा एक्सन, लभ र सस्पेन्स कथामा निर्माण हुनेछ।
काठमाडौं । माइकल चन्दको डेब्यु निर्देशनमा बन्न लागेको कथानक फिल्म ‘राम नाम सत्य’मा अभिनेत्री सुपुष्पा भट्ट अनुबन्धित भएकी छन् ।
भट्टसँग निर्माताले बुधबार लिखित सम्झौता गरे । उनलाई शीर्षमध्येको भूमिकाको लागि अनुबन्धित गरिएको जनाइएको छ । उनको पछिल्लो रिलिज ‘फेरि रेशम फिलिली’ हो ।
यो फिल्मबाट उनले प्रशंसा बटुलेकी थिइन् । सुपुष्पाले आफ्नो भूमिका चित्त बुझ्दो रहेपछि साइन गरेको बताइन् । यो फिल्ममा यसअघि दिब्या रायमाझी पनि अनुबन्धित भैसकेकी छन् ।
सुपुष्पालाई फिल्ममा भित्राएपछि निर्देशक चन्दले भने, ‘हामीलाई सुपुष्पा जस्तै हाइट भएकी अभिनेत्री चाहिएको थियो । उहाँको अभिनय पनि अब्बल छ । कथाले मागे अनुसार नै फिट भएपछि हामीले उहाँलाई अनुवन्धित गरेका हौं ।’
यो फिल्मको ‘लिड मेल’मा यसअघि विराज भट्ट, सुशिल श्रेष्ठ अनुबन्धित भैसकेका छन् । माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्ममा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी हुनेछ । कार्यकारी निर्माता डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह हुन् । छायांकन भदौबाट सुरु गर्ने तयारी निर्माणपक्षको छ । एक्सन, लभ र सस्पेन्स कथामा यो फिल्म निर्माण हुनेछ ।
प्रतिक्रिया 4