
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने २९ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले नक्कली डलर देखाएर ठगी गरेको अभियोगमा पक्राउ गरेको छ।
- उनीले गोकर्णेश्वर, जोरपाटी लगायतका ठाउँमा ठगी गरेको प्रहरीले बताए।
- प्रहरीले उनलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
२८ जेठ, काठमाडौं । डलर देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–५ जोरपाटी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २९ वर्षीय धनबहादुर तामाङ छन् ।
उनले गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको प्रहरीले बताएको छ । सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न धनबहादुरलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4