
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी अस्पतालका कर्मचारीहरूलाई सामूहिक भावना र व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए।
- उहाँले अस्पतालको स्तरोन्नति र कर्मचारीको वृत्ति विकासमा संगठनको सकारात्मकता व्यक्त गर्नुभयो।
- थापाले बुधबार अस्पताल निरीक्षण गरी उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो।
२८ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले सामूहिक भावनाले काम गर्ने निर्देशन दिएका छन् ।
प्रहरी अस्पतालका कर्मचारीहरूलाई उनले सामूहिक भावनाले काम गर्न भन्दै बुधबार निर्देशन दिएका हुन् । ‘सामूहिक भावना र थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल कटिबद्ध भएर काम गर्नुहोस्,’ आईजीपी थापाले भने ।
नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात थापाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4