
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रेस सेन्टर नेपालले समाचार हटाउन र पत्रकार पक्राउ आदेशको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
- जिल्ला अदालत काठमाडौंले समाचार हटाउन आदेश दिएपछि प्रेस स्वतन्त्रताको उल्लंघन भएको संगठनको ठहर छ।
- प्रेस सेन्टरले सरकार र गृह मन्त्रालयलाई जिम्मेवारी लिन र पत्रकार पक्राउबाट पछि हट्न आग्रह गरेको छ।
२८ जेठ, काठमाडौंं । प्रेस सेन्टर नेपालले दुई सञ्चारमाध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालखबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशप्रति प्रेस सेन्टरले ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तै जिल्ला अदालत काठमाडौंबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लघंन भएको संगठनका महासचिव मनोज घर्तीमगरद्वारा बुधबार जारी विज्ञप्पितमा उज्लेख छ ।
समाचारका विषयमा नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु लोकतन्त्र र प्रेस स्वतन्त्रताको गम्भीर हनन् भएको प्रेस सेन्टरको ठहर छ ।
‘स्वतन्त्र न्यायालयबाट पटक–पटक यस किसिमका आदेश हुनु, समाचार प्रसारण गरेकै कारण पत्रकारहरुलाई पक्राउ पुर्जी जारी गर्नु संयोगमात्रै मान्न सकिँदैन’, विज्ञप्तिमा भनिएको छ ।
यसको जिम्मेवारी सरकार, गृहन्त्री र गृह प्रशासन लिनुपर्ने भन्दै सेन्टरले पत्रकार पाठकलाई पक्राउको तयारीबाट पछि हट्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4