+
+
Shares

सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता हो : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १९:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस नेता डा. शेखर कोइरालाले सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदारता देखिएको बताए।
  • उनले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन।’
  • सरकारको कुशासन र सञ्चारमाध्यममाथि भइरहेको आलोचनाका बीच कोइरालाको टिप्पणी सार्वजनिक भएको हो।

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए ।

सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको उनले बताए ।

कोइरालाले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’

पत्रकार दिलभूषण पाठकविरुद्ध प्रक्राउ पुर्जी भएकोप्रति सरकारको आलोचना भइरहेको समयमा कोइरालाको यस्तो धारणा सार्वजनिक भएका छन् ।

अर्कोतर्फ, अदालतले केही सञ्चार माध्यमममा प्रकाशित समाचार हटाउन समेत आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?