+
+
Shares

कार्यपालिका र नगरसभा बस्न सकारात्मक कुरा भएको छ : बालेन सचिवालय

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाको सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ।
  • बैठकमा वडाध्यक्षहरू पनि सहभागी थिए र बजेट सम्बन्धी छलफल भएको थियो।
  • पछिल्लो पाँच महिनामा बैठक नबस्नाले आलोचना र दबाब बढिरहेको थियो।

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले चाँडै कार्यपालिका र नगरसभा बैठक बस्ने जनाएको छ ।

उपप्रमुख सुनिता डंगोलसँग भएको वार्ता सकारात्मक भएको भन्दै बैठक छिट्टै बस्ने सचिवालयले बताएको हो ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार, कार्यपालिका र नगरसभा बैठक राख्नेबारे उनीहरूबीच छलफल भएको हो ।

‘बैठक सकारात्मक भयो । विशेषगरी कार्यपालिका र नगरसभा बैठक राख्नेबारे राम्रो कुराकानी भएको छ,’ प्रमुख स्वकीय शाहले अनलाइनखबरसँग भने ।

उनका अनुसार, बैठकमा ३ जना वडाध्यक्ष पनि सहभागी थिए ।

‘जनभावाना अनुरुप बजेट ल्याउनपर्छ भनेर बैठक राखिएको हो । अब बजेटको सिलिङ निर्धारण गर्ने बैठक पनि छिट्टै बस्छ,’ उनले भने ।

काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ ।

१४ पुसमा १६ औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन ।

मेयरले बैठक नबोलाएको भन्दै आलोचना बढेको थियो । वडाध्यक्षहरूले पनि निरन्तर बैठक बोलाउन मेयर शाहलाई दबाब दिँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?