+
+
Shares

जुवातास खेलेको आरोपमा १३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गर्‍यो।
  • पक्राउ परेकालाई नगद, मोबाइल र तास सहित पक्राउ गरिएको हो।
  • उनीहरूले जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन्।

२९ जेठ, काठमाडौं । जुवातास खेलेको आरोपमा ललितपुर १३ जना पक्राउ परेका छन् ।

महालक्ष्मी नगरपालिका–९ लुभु लामाटार ज्याकटा टोल बस्ने ४० वर्षीय जोसिराज राईको घरमा जुवातास खेलिरहेको अवस्थामा जोसिराज समेत १३ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४७ हजार ६ सय ३५ रूपैयाँ, १३ थान मोबाइल र तास ८ बुक सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?