+
+
Shares

प्रचण्डसँगको भेटमा सभामुखले सम्झिए टीआरसी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख देवराज घिमिरेले प्रचण्डलाई टीआरसी विधेयक स्मरण गरी संसद् गतिरोध अन्त्य गर्न आग्रह गरे।
  • प्रचण्डले सदन खोल्न आफूले सक्दो पहल गर्ने बताए।
  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सहमति जनाए।

२९ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टीआरसी विधेयक स्मरण गराएका छन् ।

बिहीबार भएको उनीहरूको भेटवार्ताका क्रममा टीआरसी विधेयक सहमतिमा पास भएको स्मरण गर्दै संसद्मा जारी गतिरोध अन्त्यका लागि भूमिका खेल्न सभामुख घिमिरेले प्रचण्डलाई आग्रह गरेका हुन् ।

टीआरसी विधेयक सम्झाउँदै सभामुख घिमिरेले अहिले पनि बजेट लगायतका विभिन्न विधेयकमाथि समेत छलफल गर्नुपर्ने अवस्थामा सदन खुलाउनुपर्ने बताएका थिए ।

जवाफमा प्रचण्डले आफूले सक्दो पहल गर्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आइरहेका छन् ।

रास्वपा कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार, भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू सहमत भएका छन् ।

यद्यपि, सत्तापक्षसँग सहमति भने जुटिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?