News Summary
Generated by OK AI. Editorially reviewed.- बंगलादेशमा जुलाई ११ देखि २१ सम्म साफ यू-२० महिला च्याम्पियनसिप २०२५ आयोजना हुनेछ।
- नेपालले पहिलो खेल ११ जुलाईमा भुटानसँग राति ७ बजे खेल्नेछ र प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा हुनेछ।
- प्रतियोगितामा चार टोली सहभागी हुनेछन् र सबै टोलीले एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्नेछन्।}
२९ जेठ, काठमाडौं । बंगलादेशमा आउँदो जुलाइ ११ देखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ को तालिका सार्वजनिक भएको छ ।
चार राष्ट्र मात्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिगमा खेलाइनेछ जहाँ पहिलो खेलमा नेपालले भुटानसँग खेल्नेछ ।
जुलाई २१ सम्म बशुन्धरा किंग्स एरिनामा हुने प्रतियोगितामा सबै टोली एकअर्कासँग दुईपटक प्रतिस्पर्धा गर्नेछन्।
नेपालले पहिलो खेल ११ जुलाईमा भुटानसँग राति ७ बजे खेल्नेछ। दोस्रो खेलमा नेपालले १३ जुलाई मा बंगलादेशसँग राति ७ बजे प्रतिस्पर्धा गर्नेछ।
त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ ।
अन्तिम खेल पछि सबैभन्दा धेरै अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
यतिबेला नेपाली यू-२० टोलीको तयारी क्याम्प चलिरहेको छ ।
प्रतिक्रिया 4