News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशले यू–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जित्यो।
- लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै मधेशले उपाधि जित्यो।
- विजेतालाई राष्ट्रिय खेलकुद परिषद् का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कार दिए।
२९ जेठ, काठमाडौं । मधेश प्रदेशले यू-१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत क्रिकेटको उपाधि जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीलाई ६ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको ५१ रनको लक्ष्य मधेशले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मधेशका लागि ताहिर अन्सारीले १३ र राहुल पासवानले १२ रन जोडे ।
बलिङमा लुम्बिनीका लागि सुरज यादव र कप्तान सन्दीप थापाले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १८.५ ओभरमा अलआउट हुँदै ५१ रन बनाएको थियो ।
लुम्बिनीका लागि आरोनजंग गिरीले अविजित २९ र जोन ओलीले ११ रन जोडे । मधेशका लागि कृष्ण महतोले ३, खिलराज सराफ र कप्तान कमलेश दासले समान २ तथा मोहम्मद ओजैफ अलीले १ विकेट लिएका थिए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
राखेपको आयोजनामा भएको यु–१४ राष्ट्रिय खेलकुदअन्तर्गत छात्र क्रिकेट अन्तिम प्रतियोगिता हो ।
विद्यालय खेलकुदमा क्रिकेटसहित एथलेटिक्स, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस र बास्केटबलको प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया 4