+
+
Shares

एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित कम्तीमा २४० यात्रुको मृत्यु*

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १८:३८

२९ जेठ, काठमाडौं । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित कम्तीमा २ सय ४० यात्रुको मृत्यु भएको छ ।

बिहिबार दिउँसो अहमदाबादबाट लन्डन प्रस्थान गर्न लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए । तीमध्ये २ सय ४० यात्रुको मृत्यु भएको भारतीय सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् ।

यसअघि विमानमा सवार सबैको मृत्यु भएको बताइए पनि अहमदाबादका प्रहरी कमिस्नरले आफ्नो अभिव्यक्ति सच्याउँदै एक जनाको जीवितै उद्दार भएको जनाएका छन् ।

दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।

अहमदाबादबाट बेलायतको राजधानी लन्डनको दक्षिणमा रहेको ग्याटविक विमानस्थलकमा लागि एयर इण्डियाको विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार, अहिले स्थानीय अस्पतालमा १०० भन्दा बढी शवहरु छन् । तिनलाई पोस्टमार्टमका लागि पठाइएको भनिएको छ । घटनास्थलबाट सार्वजनिक भएको तस्वीर र भिडियोहरुमा विमानको केही भाग होस्टल भवन वरिपरि छरिएको देखिन्छ ।

विमानको पुच्छरपट्टीको भाग भवनको छतमा अड्किएको तस्वीरहरु आएका छन् ।

भारतीय अधिकारीहरुका अनुसार, दुर्घटनाग्रस्त विमानमा ११ बालबालिकासहित २४२ जना यात्रु सवार थिए । तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज र १ जना क्यानाडेली रहेको एयर इन्डियाले जनाएको छ ।

*यसअघि समाचारमा अन्यथा पर्न गएकोमा सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?