
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् बैठक अवरोध गर्दै आइरहेको छ ।
सो प्रकरणमा छानबिन वा अध्ययन गर्ने भन्ने विषयमा सत्तारुढ दलहरूले लिखित प्रतिबद्धता जाहेर गर्ने बताएका छन् ।
यद्यपि रास्वपाले निर्णय लिनका लागि थप समय माग गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार भोलिदेखि नियमित रुपमा संसद् चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4