+

नेपाली टेनिस टोलीले श्रीलंकामा बिलि जिन किङ कप खेल्ने

२०८२ जेठ  २९ गते २०:३१ २०८२ जेठ २९ गते २०:३१
नेपाली टेनिस टोलीले श्रीलंकामा बिलि जिन किङ कप खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली टेनिस टोलीले १६ देखि २० जेठसम्म श्रीलंकाको कोलोम्बोमा हुने प्रतियोगितामा सहभागी हुन प्रस्थान गर्नेछ।
  • प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको प्रतिनिधित्व गर्नेछन्।
  • राष्ट्रिय खेलकुद परिषद्ले टोलीलाई सफलताको शुभकामना व्यक्त गरेको छ।.

२९ जेठ, काठमाडौं । बिलि जिन किङ कपमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएको छ ।

जुन १६ देखि २० तारिखसम्म हुने प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

ग्रुप ३ को यो प्रतिस्पर्धामा नेपालसहित ९ राष्ट्र सहभागी छन् । ९ राष्ट्रलाई २ समूहमा विभाजन गरी खेल खेलाइने छ । सहभागी राष्ट्र मध्ये पहिलो हुने राष्ट्र ग्रुप २ मा प्रवेश गर्नेछ । टिम स्पर्धाको यो प्रतियोगितामा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।

अफिसियलमा अजय विष्ट र प्रशिक्षकमा कृष्णराज घले छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली टेनिस टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय