News Summary
Generated by OK AI. Editorially reviewed.- स्कटल्याण्डका जर्ज मन्से लिग २ क्रिकेटमा १९१ रन बनाएर दोहोरो शतकबाट ९ रनले चुके।
- उनले एसोसियट राष्ट्रको सबैभन्दा उच्च स्कोरको कीर्तिमान बनाएका छन्।
- स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६९ रन बनाएको छ।
२९ जेठ, काठमाडौं । स्कटल्याण्डका ओपनिङ ब्याटर जर्ज मन्से लिग २ क्रिकेटमा कीर्तिमानी दोहोरो शतकबाट ९ रनले चुकेका छन् ।
उनले नेदरल्याण्ड्सविरुद्ध १९१ रन बनाए । उनी ४९औं ओभरको चौथो बलमा भिभियन किङ्माको बलमा बोल्ड भएका थिए ।
मन्सेले १५० बलमा १४ चौका र ११ छक्का प्रहार गरे। यद्यपी दोहोरो शतक पूरा गर्न चुके पनि उनले एसोसियट राष्ट्रका खेलाडीको तर्फबाट सबैभन्दा उच्च स्कोरको कीर्तिमान भने बनाएका छन्।
यसअघि स्कटल्याण्डकै क्यालम म्याकलडले बनाएको १७५ रन एसोसियट क्रिकेटको सबैभन्दा उच्च स्कोर थियो ।
यदि उनी २०० रन पूरा गर्न सफल भएका भए यो एसोसियट राष्ट्रका खेलाडीले बनाएको पहिलो दोहोरो शतक हुने थियो।
स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६९ रन बनाएको छ । म्याथ्यु क्रसले पनि ५९ रन जोडे।
बलिङतर्फ आर्यन दत्त र माइकल लेभिटले २–२ विकेट लिए भने भिभियन किङ्मा र रोलोफ भान डर मर्वेले १–१ विकेट लिए।
प्रतिक्रिया 4