+
+
Shares

जापानले भिसा नदिएको भन्ने चर्चाबीच दुर्गेशले दिए यस्तो प्रष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा आयोजना हुन लागेको 'नेपाल महोत्सव २०२५' का लागि दुर्गेश थापालाई भिसा नदिएको चर्चा थियो।
  • उनीहरूले सामाजिक संजालबाट प्रष्टीकरण दिँदै कुवेतको कार्यक्रम नजिकिएपछि पासपोर्ट फिर्ता लिएको बताए।
  • दुर्गेशले भने, ‘भोलिको दिनमा जापान पक्कै आउने छु, त्यहाँका दर्शक भगवानसँग रमाउने र आफ्नो प्रस्तुति दिने मेरो निकै ठूलो चाहना पनि छ।’

काठमाडौं । जापानले भिसा नदिएको भन्ने विवादमा कलाकार दुर्गेश थापाले प्रष्टीकरण दिएका छन् । उनले भिसा नपाएको भन्ने आरोपको खण्डन सामाजिक संजालबाट गरेका छन् ।

जापानमा आयोजना हुन लागेको ‘नेपाल महोत्सव २०२५’ को लागि त्यता जान लागेका दुर्गेशलाई भिसा नदिएको भन्ने चर्चा थियो । गलकोट समाज जापानले पनि दुर्गेश आउने भन्दै प्रचार ब्यापक पारेको थियो ।

दुर्गेशको जापान जाने कार्यक्रम रोकिएपनि विष्णु खत्री र अनिता चलाउने भने त्यता लागेका छन् । आफूले भिसा नपाएको भन्ने चर्चा भएपछि दुर्गेशले सामाजिक संजालबाट प्रष्टीकरण दिँदै कुवेतको कार्यक्रम नजिकिएपछि आफूले ३ दिनमै पासपोर्ट फिर्ता लिनुपरेको दावी गरेका छन् ।

उनी लेख्छन्, ‘७ जुन २०२५ मा कुवेतमा हुने कार्यक्रमको लागि मैले पहिल्यै सम्झौता गरिसकेको थिएँ । त्यो मेरो प्राथमिकता बनिसकेको थियो । मैले आयोजक पक्षलाई यो जानकारी पनि गराएको थिएँ । त्यसैले जापानको कार्यक्रममा जानु तत्काल सम्भव थिएन ।’

‘यति हुँदाहुँदै पनि आयोजकको अनुरोधलाई सम्मान गर्दै मैले पासपोर्ट दिन तयार भएँ । तर कुवेतको कार्यक्रम नजिकिँदै गर्दा पासपोर्ट बिना विदेश जान नसकिने हुँदा मैले आफ्नो पासपोर्ट ३ दिनमै फिर्ता लिनु पर्‍यो र सम्झौताअनुसार कुवेत गएँ । त्यहाँ म मेरा दर्शक-भगवानसँग भेटेँ र आफ्नो प्रस्तुति दिएँ’ उनले भनेका छन् ।

आफूले नेपाल महोत्सव जापानसँग कुनै सम्झौता नगरेको, कुनै प्रचार सामग्री सम्प्रेषण नगरेको, कुनै कार्यक्रम रद्द नगरेको, कुवतेको कार्यक्रमको लागि आफैले पासपोर्ट झिकेको उनले बताएका छन् ।

‘भोलिको दिनमा जापान पक्कै आउने छु, त्यहाँका दर्शक भगवानसँग रमाउने र आफ्नो प्रस्तुति दिने मेरो निकै ठूलो चाहना पनि छ । उचित समय, योजना, राम्रो आयोजना र समझदारीमा आधारित कार्यक्रमको माध्यमबाट हजुर भगवानरूपी दर्शकसँग भेट्न पक्कै आउनेछु’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?