+

एचजेबीएल : कीर्तिपुरले रोएललाई हरायो

२०८२ जेठ  २९ गते २१:४२ २०८२ जेठ २९ गते २१:४२
एचजेबीएल : कीर्तिपुरले रोएललाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर बास्केटबल क्लबले रोएललाई ९३-८७ ले पराजित गरी लिगमा चौथो स्थानमा उक्लियो।
  • खेलमा निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए र सयुन राईले २६ अंक स्कोर गरे।
  • अब कीर्तिपुरले तेस्रो स्थानको लागि हाउण्ड्स एकेडेमीसँग खेल्नेछ, र शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

२९ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बिहीबार भएको खेलमा कीर्तिपुर बास्केटबल क्लबले रोएललाई ९३-८७ ले पराजित गरेको छ ।

यस खेलपछि लिग चरणका सबै ३० खेल सकिएका छन् । अब फाइनल र तेस्रो स्थानका लागि भिड्ने टिमको समीकरण तयार भएको छ ।

यस जितले कीर्तिपुर लिगमा चौथो स्थानमा उक्लेको छ । अब कीर्तिपुरले तेस्रो स्थानको लागि प्लेअफमा हाउण्ड्स एकेडेमीसँग खेल्नेछ । शीर्ष दुईमा रहेका गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबले फाइनल खेल्नेछ ।

लिगमा १० खेलबाट कीर्तिपुर र रोएलले समान १३ अंक जोडेपनि हेड टु हेडमा कीर्तिपुर अघि रहेको हो । यसअघि लिगमा रोएलले कीर्तिपुरले ९९-९६ अंकले पराजित गरेको थियो ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा कीर्तिपुरले रोएल विरुद्ध पहिलो क्वाटरमा २७-२२ को अग्रता बनाएको थियो । दोस्रो क्वाटर रोएलले २२-२१ ले आफ्नो पक्षमा पारेपछि हाफटाइमसम्म कीर्तिपुर ४८-४४ ले अघि रह्यो ।

तेस्रो क्वाटर २७-२१ ले आफ्नो पक्षमा पारेपछि कीर्तिपुरले ७५-६५ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वाटर रोएलले २२-१८ ले आफ्नो पक्षमा पारेको थियो । तर कीर्तिपुरलाई जितबाट रोक्न सकेन ।

कीर्तिपुरका निश्चल महर्जन मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । रोएलका लागि प्रसाङ मास्केले सर्वाधिक ३४ अंक जोडेपनि जितका लागि पर्याप्त भएन । कीर्तिपुरका सयुन राईले २६ अंक स्कोर गरे ।

फाइनल खेल र तेस्रो स्थानका लागि प्लेअफ खेल आगामी असार ७ गते हुने नेपाल बास्केटबल संघले जनाएको छ ।

एचजेबीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय