+
+
Shares

न्यायाधीशलाई मोसो छ्यापेकोप्रति बारको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर र वीरगञ्जमा न्यायाधीशद्वयमाथि मोसो प्रहार भएको घटनाको गम्भीर ध्यानाकर्षण जनाएको छ।
  • बारले घटनाको कडा भत्र्सना गर्दै दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।
  • उच्च अदालतको न्यायिक कार्यमा प्रभाव पार्ने उद्देश्यले भएको घटनाले समाजमा गम्भीर चिन्ता पैदा गरेको छ।

२९ जेठ, काठमाडौं । नेपाल बार एशोसिएसनले उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासमा न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनमाथि मोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त इजलासमा पुनरावेदन परेको मोहम्मद आफताव आलमविरुद्ध नेपाल सरकार भएको कर्तव्य ज्यान मुद्दामा अदालतबाट भएको फैसलाको विरोध भन्दै न्यायाधीशद्वय डा थारु र महर्जनमाथि कालोमोसो प्रहार भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

उनीहरूमाथि बिहीबार कार्यकक्षमा मोसो छ्यापिएको थियो ।

‘न्यायाधीशको विवेक प्रयोगमा असर पुर्‍याउने तथ्य, प्रमाण र कानुनबाहेक अरु हुन सक्दैन, कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन, इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानुनले प्रदान गरेको छ‘, विज्ञप्तिमा भनिएको छ, ‘न्याय सम्पादन गर्ने न्यायकर्तालाई भौतिक रूपमा प्रहार गर्ने र त्यसैलाई खुसी तथा उत्सवका रूपमा मनाई मलजल गर्ने विरोधाभाष समाजमा देखापरेको छ, जुन अत्यन्त गम्भीर कुरा हो, अनपेक्षित यो घटनाको बार कडा शब्दमा भत्र्सना गर्दछ र दोषी उपर कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।’

यस घटनाबाट विचलित नहुन सम्पूर्ण न्यायकर्तामा हार्दिक आग्रह गर्दै अदालतको सुरक्षा व्यवस्था थप चुस्त र दुरूस्त बनाउनका लागि बारले आह्वान गर्दै कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गरी न्यायाधीशले फैसला गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै पुगेर बिहीबार मोसो छ्यापेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?