News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका शरद सुवालले १५औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगिताको ५५ केजी तौल समूहमा रजत पदक जिते।
- प्रतियोगिता भुटानको थिम्पुमा भएको थियो र नेपालबाट पाँच खेलाडी सहभागी थिए।
- अधिकृतहरूमा दिनेशकुमार राजभण्डारी, सुरेश सुवेदी, रुजेश शाही, दीपेन्द्रकुमार प्याकुरेल, रमेश श्रेष्ठ र बालमुकुन्द अवाल थिए।
३० जेठ, काठमाडौं । १५औं दक्षिण एसियाली शारिरिक सुगठन प्रतियोगिताको ५५ केजी तौल समूहमा नेपालका शरद सुवालले रजत पदक जित्न सफल भएका छन्।
भुटानको थिम्पुमा भएको प्रतियोगितामा सुवालले रजत जितेका हुन् ।
च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडी सहभागी भएका थिए । शरद सुवाल, प्रनेश श्रेष्ठ, औतार श्रेष्ठ, उर्मिला श्रेष्ठ र शिला ठकुरी सहभागी छन् ।
अफिसियलमा दिनेशकुमार राजभण्डारी, व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल छन् ।
तस्वीर : दिनेश राजभण्डारीको फेसबुक
प्रतिक्रिया 4