+
+
Shares

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध कायमै

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक २९ जेठमा काठमाडौंमा भएको थियो।
  • प्रतिपक्षी दल रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा राजीनामा माग गर्दै अवरोध गरे।
  • नेकपा माओवादी केन्द्रले सत्तारुढ दलसँग समझदारी गरे पनि राप्रपा र रास्वपाले असहयोग जनाए।

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन ।

यसैबीच केहीबेर अघिबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले अवरोध गरिरहेको छ ।

माओवादी र समाजवादी भने विरोधमा उभिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?