+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संसद्‍मा गृहमन्त्री : पार्टी कार्यालयहरूमा मेराविरुद्ध नक्कली पीडित खडा गरियो

नक्कली पीडित खडा गर्ने पत्ता लगाएर कारबाही गरिन्छ

गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १७:५५

३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको जिकिर गरेका छन् ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बीच संसद्‍मा सम्बोधन गरेका गृहमन्त्री लेखकले भने, ‘मलाई थाहा छ, केही पार्टीका कार्यालयहरुमा नक्कली, तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरीहरु लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् ।’

गृहमन्त्री लेखकले त्यो कुन पार्टी कार्यालयमा लेखिएको भन्ने विषयमा आफूलाई जानकारी भइसकेको भन्दै उनले नक्कली पीडित खडा गर्ने मानिस पत्ता लगाएर कारबाही गरिने समेत बताए ।

‘त्यस्ता कीर्ते, जालसाझी काम गरेर राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु’, उनले अगाडि भने, ‘यस्ता अपमानजनक कार्यहरू, यस्ता कीर्ते जालसाझ गरेर तथाकथित नक्कली पीडित खडा गर्ने मानिसहरुको पत्ता लगाएर कारबाही गरिनेछ ।’

उनले रास्वपालाई संकेत गर्दै थपे, ‘तपाईंका पार्टी कार्यालय कीर्ते, जालसाझीपूर्ण पीडितहरू तयार गर्ने पार्टी कार्यालय बन्दैछन् ।’

उनले भिजिट भिसा प्रकरणमा आफूविरुद्ध कुनै प्रमाण नभएको भन्दै जाहेरी वा उजुरी नै नभएको अवस्थामा राजीनामा माग गर्नु अनुचित भएको बताए । उनले आफूविरुद्ध राजनीतिक प्रतिशोध साँध्न खोजिएको समेत जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?