News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघ क्यानले आइतबारदेखि सुरु हुने टी-२०आई शृंखलाको टोली सार्वजनिक गर्यो।
- टोलीमा चोटका कारण सोमपाल कामी र गुल्शन झा बाहिरिएर, लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह भित्रिएका छन्।
- नेपालले पहिलो खेल १६ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ र यसअघि लिग २ को एकदिवसीय शृंखलामा ३ जित निकालेको थियो।
३० जेठ, काठमाडौं । आउँदो आइतबारदेखि स्कटल्याण्डमा सुरु हुने स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको टी-२०आई शृंखला खेल्ने नेपाली टोली सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले शुक्रबार साँझ टोली सार्वजनिक गरेको हो । पहिले बताएबमोजिम लिग २ खेलेको टोलीबाट २ खेलाडी बाहिरिँदा ३ भित्रिएका छन् ।
टी-२० टोलीमा लोकेश बम, किरण ठगुन्ना र रुपेश सिंह भित्रिएका छन् । चोटका कारण सोमपाल कामी र गुल्शन झा बाहिरिएका छन् ।
किरण पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका हुन् भने रुपेश सिंह यसअघि हङकङमा भएको टी-२० शृंखलामा नेपालको टोलीमा परेपनि डेब्यू गरेका छैनन् । लोकेश बम भने नेपाली टी-२०आई टोलीमा पर्दै आएका छन् ।
नेपालले आफ्नो पहिलो खेल जुन १६ मा नेदरल्याण्ड्ससँग खेल्नेछ भने जुन १७ मा स्कटल्याण्डसँग, जुन १८ मा फेरि नेदरल्याण्ड्ससँग र जुन २० मा स्कटल्याण्डसँग खेल्नेछ ।
यसअघि लिग २ को एकदिवसीय शृंखलामा नेपालले ४ मध्ये ३ खेलमा जित निकालेको थियो ।
नेपालको टी-२०आई टोली : रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव
प्रतिक्रिया 4