 
																						३० जेठ, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसा प्रकरणमा छानबीन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
शुक्रबार काठमाडौंमा मोर्चामा आवद्ध दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबीन गरी सत्य तथ्य सार्वजनिक गरी मानव तस्करीमा संलग्नहरुमाथि कारबाही गर्न सरकारसमक्ष माग राख्ने निर्णय गरेको हो ।
यस्तै बैठकले आदिवासी जनजातिहरुका सवालमा काम गरिरहेका राजनीतिक दल र संगठनहरुसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
त्यसका लागि मोर्चाको सचिवालयले सहकार्यका लागि संवाद थाल्ने भएको छ । भारतको अहमदाबादमा भएको विमानस्थल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मोर्चाले मृतकहरुमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेको छ ।
अर्को बैठक बस्नुअघि मोर्चामा आवद्ध दलहरुबाट सुझाव संकलन लिएर कार्यविधिलाई पूर्णता दिने मोर्चाका संयोजक राजेन्द्र महतोद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4