+

ओलम्पिक डे २०२५ तीन दिन मनाइने

२०८२ जेठ  ३० गते २२:५९ २०८२ जेठ ३० गते २२:५९
ओलम्पिक डे २०२५ तीन दिन मनाइने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले २१ देखि २३ जेठसम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाउने भएको छ।
  • बैठकमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले सहभागीता जनाए र कार्यक्रमको तयारी गरियो।
  • अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २३ जुनलाई ओलम्पिक डे मनाउने घोषणा गरे अनुसार विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्।

३० जेठ, काठमाडौं । नेपाल ओलम्पिक कमिटी र यससँग आवद्ध विभिन्न संघको आयोजनामा तीन दिन ओलम्पिक डे २०२५ मनाइने भएको छ ।

कमिटीका उपाध्यक्ष तथा ओलम्पिक डे आयोजक समितिका प्रमुख अशोकरत्न वज्राचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विभिन्न कार्यक्रम गर्ने निर्णय गरको छ ।

त्यस अनुसार जुन २१ देखि २३ सम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गरेर ओलम्पिक डे मनाइने भएको हो । बैठकमा विभिन्न खेल संघले आफूले आयोजना गर्ने कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

बैठकमा प्याब्सन र एन–पाब्सनका प्रतिनिधिको पनि उपस्थिति थियो । यी दुई संस्थाले पनि ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम गर्नेछन् ।

कमिटीको तयारी बैठकमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठको पनि उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले जुन २३ लाई ओलम्पिक डे मनाउने घोषणा गरे अनुसार विश्वभरी त्यस अवसरमा विभिन्न कार्यक्रम हुने गरेको छ ।

नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउँदै आएको छ ।

ओलम्पिक डे २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय