+

विपना ब्लोन र स्वस्थानी श्रेष्ठ राष्ट्रिय स्क्वासको फाइनलमा

२०८२ जेठ  ३० गते २३:१४ २०८२ जेठ ३० गते २३:१४
विपना ब्लोन र स्वस्थानी श्रेष्ठ राष्ट्रिय स्क्वासको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगितामा विपना ब्लोन र स्वस्थानी श्रेष्ठ महिला एकलको फाइनलमा पुगे।
  • पुरुष एकलमा अरहन्त केशर सिम्ह फाइनलमा पुगेका छन्, उनले नैन बहादुर मगरलाई पराजित गरे।
  • प्रतियोगितामा बाँकी खेलहरू दिपक थापा र पासाङ ब्लोनबीच हुने तय भएको छ।

३० जेठ, काठमाडौं । नेपालकी नम्बर एक खेलाडी विपना ब्लोन र नम्बर दुई स्वस्थानी श्रेष्ठ १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताअन्तर्गत महिला एकलको फाइनलमा पुग्न सफल भएका छन् ।

नेपाल स्क्वास र्‍याकेट्स संघको आयोजनामा भइरहेको प्रतियोगितामा विपनाले सेमिफाइनलमा गण्डकी प्रदेशकी समीक्षा श्रेष्ठलाई ११–०, ११–४ अनि ११–३ ले हराइन् । त्यस्तै स्वास्थ्यानीले अस्मिता नगरकोटीमाथि ११–३, ११–५ अनि ११–४ को एकतर्फी विजय हासिल गरिन् ।

क्वाटरफाइनलमा विपनाले डोल्मा लामालाई ११–४, ११–५ अनि ११–१, स्वास्थ्यानीले साक्षी सुनुवारलाई ११–५, ११–७ अनि ११–६, अस्मिताले साक्षी सुनुवारलाई ११–५, ११–७ अनि ११–६ ले हराइन् । त्यस्तै समीक्षाले नियुक्ती श्रेष्ठविरुद्ध ७–११, ६–११, ११–९, ११–५ अनि १३–११ ले उत्कृष्ट पुनरागमन गरिन् ।

त्यसैगरी पुरुष एकलमा नेपालका नम्बर एक खेलाडी अरहन्त केशर सिम्ह फाइनलमा पुगेका छन् । बागमतीको प्रतिनिधित्व गरेका अरहन्तले नैन बहादुर मगरलाई सजिलो सेटमा ११–२, ११–३ अनि ११–४ ले पराजित गरे ।

शुक्रबारै क्वाटरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११–६, ११–५ अनि ११–५ हराएका थिए । नैन बहादुरले जान जीसीलाई ११–४, ११–४ अनि ११–४ पराजित गरेका थिए ।

अरहन्तको प्रतियोगितामा अब दिपक थापा या पासाङ ब्लोनमध्ये एकसँग खेल हुन बाँकी छ । क्वाटरफाइनलमा दिपकले आभन श्रेष्ठलाई ११–३, ११–४ अनि ११–७ हराएका थिए भने पासाङले सूर्यकुमार राईमाथि ११–५, ११–९ अनि ११–८ ले वर्चस्व जमाएका थिए ।

राष्ट्रिय स्क्वास च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय