News Summary
Generated by OK AI. Editorially reviewed.- रियल मड्रिडले १७ वर्षीय अर्जेन्टिनी खेलाडी फ्रान्को मास्टान्तुओनलाई अनुबन्ध गरेको छ।
- मास्टान्तुओनोले रिभर प्लेटको इतिहासमा सबैभन्दा ठूलो रकमको स्थानान्तरण बनाएका छन् ।
- उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने सबैभन्दा कान्छो अर्जेन्टिनी खेलाडी हुन्।
३१ जेठ, काठमाडौं । रियल मड्रिडले अर्जेन्टिनाका प्रतिभाशाली खेलाडी फ्रान्को मास्टान्तुओनोलाई रिभर प्लेट एफसीबाट अनुबन्ध गरेको छ ।
१७ वर्षीय मास्टान्तुओनोको लागि रियल मड्रिडले रिभर प्लेटको रिलीज क्लजअनुसार ४५ मिलियन यूरो तिरेको छ । यो रिभर प्लेटको इतिहासमा सबभन्दा ठूलो रकमको स्थानान्तरण हुन गएको छ ।
मास्टान्तुओनो दुई सिजनदेखि रिभर प्लेटको मुख्य टोलीमा खेलिरहेका छन् । बोका जुनियर्सविरुद्ध गोल गर्ने सर्वाधिक कान्छो खेलाडीको कीर्तिमान पनि उनके नाममा छ ।
त्यस्तै गत साता चिलीविरुद्धको विश्वकप छनोट खेलमा सब्स्टिटियुटको रुपमा मैदानमा प्रवेश गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नै सकने सबैभन्दा कान्छो अर्जेन्टिनी खेलाडी पनि बनेका छन् ।
मास्टान्तुओनोको साथमा ६ वर्षको सम्झौता गरिएको छ, जुन उनको १८औं जन्मदिन अर्थात् अगष्ट १४ देखि सुरु हुनेछ ।
यो सिजनको लागि रियल मड्रिडको यो तेस्रो महत्वपूर्ण अनुबन्ध हो । मास्टान्तुओनो अघि लिभरपुलबाट ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड तथा एएफसी बर्नमाउथबाट डिन हुइज्सेन क्लबमा आबद्ध भइसकेका छन् ।
प्रतिक्रिया 4