
News Summary
Generated by OK AI. Editorially reviewed.- क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख भएको छ।
- उहाँलाई आईसीयूबाट वार्डमा सारिएको र चिकित्सकको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज हुने तयारी भइरहेको छ।
- उहाँको छातीमा संक्रमण र दमको समस्या रहेको चिकित्सकले बताएका छन्।
३१ जेठ, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई आईसीयूबाट वार्डमा सारिएको छ ।
अहिले स्वास्थमा केही सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको पारिवारिक स्रोतले बतायो । ‘बोली–खाना ठिकै छ । अहिले क्रमिक सुधार हुँदै गएको देखिएको छ,’ पारिवारिक स्रोतले अनलाइनखबरसँग भन्यो ।
अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई अहिले भने आईसीयूमै राखिएको थियो ।
‘बेला–बेला स्वास्थ्य धेरै नै बिग्रिएको जस्तो देखिने र फेरि सुधार भएको जस्तो देखिने भइरहेको थियो । अहिले सुधार भएको छ,’ स्रोतले भन्यो, ‘चिकित्सकको सल्लाह अनुसार केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’
उपचारमा संलग्न चिकित्सकका अनुसार ७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । दुई सातादेखि उनको आईसियुमा उपचार गरिएको थियो ।
अघिल्ला वर्षहरूमा पनि उनको समस्या बल्झिंदा त्रिवि शिक्षण अस्पतालमा ल्याएर भर्ना गरी उपचार भएको थियो । वैद्य दार्शनिक र सौन्दर्य चिन्तकको रुपमा चिनिन्छन् ।
प्रतिक्रिया 4