
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा पार्टीको समीक्षा आवश्यक बताए।
- उनीहरूले सरकारमा रहेका दुई दलसँगको सम्झौता र अध्यक्षसँगको छलफलको अवस्थाबारे जानकारी दिए।
- श्रेष्ठले भ्रष्टाचारको विरुद्ध अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
३१ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा पार्टीमा समीक्षा हुनुपर्ने बताएका छन् ।
माओवादी केन्द्र दोलखा—काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद् खुलेको बताए ।
त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेको बताउँदै पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए ।
‘अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ । पार्टीमा आधिकारिक रुपमा भन्नसक्ने स्थितिमा छैन । हामीले यो मुद्दा छोड्दैनौँ,’ श्रेष्ठले भने, ‘भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ । यो भ्रष्टिकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ । अरु कुराको हकमा तात्कालीक कार्यनीतिका हिसावले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्नेकुरा हामी छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्नेछौँ ।’
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्ने पनि बताए ।
प्रतिक्रिया 4