
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय सुधारका लागि राजनीतिक दलहरूको शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताए।
- महरले शिक्षामा राजनीतिकरण रोक्न र दलीयकरण कम गर्न सबै दलका नेताहरूले एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन् ।
नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिवद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन् ।
‘शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आसातित प्रगति हासिल गर्न सकिएको छैन । हाम्रोमा त लगानी नै कम छ । यहीबीच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिष्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौं । त्यो माग सम्पूर्ण रुपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ’, उनले भने।
कुनै विषय पनि राजनीतिबाट सम्पुर्ण रुपमा अलग त हुनै सक्दैन तर विश्वविद्यालयको शिक्षामा चरम दलियकरण हुनु हुदैन भन्नेमा भने आफू प्रष्ट रहेको महरले बताए।
सामुदायिक क्याम्पस समाजको समग्र शैक्षिक समस्याको पहिचान गरेर जनता स्वयमले स्थापना गरेका क्याम्पस हुन् ।
अहिले ३० प्रतिशत बढी विद्यार्थीहरु अध्यन गरिरहेका सामुदायिक क्याम्पसले ग्रामिण क्षेत्रमा जागरण र शिक्षामा जनताको पहुच स्थापित गर्ने कार्यमा यी क्याम्पसहरुको महत्वपुर्ण योगदान दिएका छन् ।
‘शिक्षाभित्रको दलीय करण रोक्न पार्टीका शीर्ष नेताहरूको प्रतिवद्धता संगै कार्यान्वयन आवश्यक छ । शिक्षा भित्रको राजनीतिकरणका सनदर्भमा महरले अगाडी ‘विद्यार्थी संघ संगठनका नेताहरू पनि पार्टीका नेता हुन्। प्राध्यापकका संघ संगठन पनि दलसँग आवद्ध छन् ।
अन्य कर्मचारी युनियन पनि कुनै न कुनै रुपमा दलसँगै आवद्धता हुन्छ। विश्वविद्यालयका प्रमुख पदहरुमा नियुक्तिका प्रावधान, करिकुलम निर्माण र पूर्वाधार निर्माणको विषय पनि राजनीतिको संलग्नता प्रत्यक्ष , अप्रत्यक्ष रुपमा त हुन्छ नै ।
‘राजनीतिको यस्तो संलग्नता हुँदा पनि विश्वविद्यालयलाई दलीय करणबाट टाढा राख्न सबै दलका शीर्ष नेताहरूले एक ठाउँमा उभिएर प्रतिवद्धता व्यक्त गरेर कार्यान्वयन गर्नै पर्छ’, महरले भने ।
विश्वविद्यालयको स्वायत्ता र प्राध्यापकहरुको प्राज्ञिक मर्यादा कायम राख्न अतिआवश्यक हुदाहुदै पनि त्यसका लागि प्राध्यापकहरूको व्यवहार पनि प्राज्ञिक मर्यादा राख्ने तरकाको सङ्लो हुन आवश्यक रहेको उनी बताउँछन् । कमजोरीका सबै प्वाल टाल्दा मात्र विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार गर्न सकिने उनको धारणा छ ।
प्रतिक्रिया 4