+
+
Shares

एमाले वकिलहरूको संगठनमा पनि चुनाव, अध्यक्षमा थपलिया र थापाको प्रतिस्पर्धा

अध्यक्ष पदमा ओमप्रसाद थपलिया र अमर थापाको उम्मेदवारी परेको छ । दुवैले उम्मेदवारी फिर्ता नलिने अडान लिएकाले चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चयन प्रक्रिया अगाडि बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले वकिलहरुको संगठन प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको नेतृत्व चयन प्रक्रिया चुनावीबाट हुने भएको छ।
  • अध्यक्ष पदमा ओमप्रसाद थपलिया र अमर थापाको उम्मेदवारी रहेको छ, दुवैले फिर्ता नलिने अडान लिएका छन्।
  • विभिन्न पदहरूमा उम्मेदवारहरूको नामांकन भएको छ र उपाध्यक्ष पद निर्विरोध भएको छ।

१ असार, काठमाडौं। एमाले वकिलहरुको संगठन प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) को नेतृत्व चयन पनि चुनावी प्रक्रियाबाटै हुने भएको छ ।

अध्यक्ष पदमा ओमप्रसाद थपलिया र अमर थापाको उम्मेदवारी परेको छ । दुवैले उम्मेदवारी फिर्ता नलिने अडान लिएकाले चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व चयन प्रक्रिया अगाडि बढेको छ ।

उपाध्यक्ष पदमा भिमसेन बञ्जरा निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा भने हिमादेवी बस्नेत र यसोदा देवी खरेलको उम्मेदवारी परेको छ ।

महासचिवमा देवीप्रसाद भट्टराई, चुडामणि पौडेल, शिव अर्याल, शान्तिराम खतिवडा र भुवनप्रसाद निरौलाको उम्मेदवारी परेको छ । उपमहासचिवमा बाबुराम राई, सहकुल खत्री र बालकृष्ण आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

महिला सचिवमा अनिता गुरुङ र राधिका खतिवडाको उम्मेदवारी दर्ता भएको छ ।

खुला सचिवमा सुदर्शन थपलिया, सरोजकुमार गिरी, प्रेमप्रसाद धिताल, मुकुन्दप्रसाद अधिकारी, रामजनक कटवाल, अनन्तराज लुईँटेल, युवककुमार गौतम र बलराम बुढाथोकीको उम्मेदवारी छ ।

कोषाध्यक्ष पदमा कुमारप्रसाद घिमिरे र प्रविणकुमार प्रधानको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?