+
+
Shares

अरनिको राजमार्ग : कोदारी कोप्लाङमा सडक भासिएर आवागमन अवरुद्ध

खुलाउने प्रयास भइरहेको गाउँपालका अध्यक्षको भनाई

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले भने, ‘सडकखण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल भासिएको छ, सडक भासिएर खोलाकै छेउमा पुगेको छ, त्यस ठाउँमा माटो नभरी सडक खुलाउन सकिँदैन ।’

कपिल कोइराला कपिल कोइराला
२०८२ असार १ गते १३:४४
Photo Credit : जगतबहादुर राई, इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख, प्रहरी निरीक्षक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको कोदारी कोप्लाङमा राती सडक भासिएर अरनिको राजमार्ग अवरुद्ध भएको छ।
  • प्रहरी र स्थानीय निकायले सडक खोल्ने प्रयास गरिरहेका छन्, पहिरो र भूकम्पका कारण समस्या आएको हो।
  • सडक भासिएपछि तातोपानी नाका हुँदै कन्टेनर ढुवानी रोकिएको छ।

१ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राति सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानीदेखि कोदारी खण्डसम्म अवरुद्ध छ ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले अविरल वर्षाका कारण भोटेकोशी–२ कोदारीमा शनिबार बेलुका ९ बजेदेखि नै सडक भासिएर राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।

सडक विभाग, गाउँपालिका र स्थानीय हाइड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।  उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउन दिनभरजसो समय लाग्ने देखिएको छ ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले सडक विभाग र गाउँपालिका मिलेर सडक खुलाउने काम भइरहेको बताए ।

‘सडक भासिएको ठाउँमा डोजर र टिपर लैजाँदैछाैँ, साँझ सम्ममा राजमार्ग खुलाउने गरी काम गर्नेछौं’, अध्यक्ष शेर्पाले भने, ‘सडकखण्डको ६०–७० फिट लम्बाइमा पर्ने क्षेत्रफल भासिएको छ, सडक भासिएर खोलाकै छेउमा पुगेको छ, त्यस ठाउँमा माटो नभरी सडक खुलाउन सकिँदैन ।’

भूकम्पले थिलोथिलो बनाएको उक्त सडक भासिएको हो । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण नाका पूर्णरूपमा बन्द भएको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?