
१ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोधका बीच प्रतिनिधि सभाको बैठक चलाएको भनेर सभामुखमाथि नै प्रश्न उठाएको छ ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधकाबीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । रास्वपाका सांसदहरू गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरू भने आफ्नो सिटबाट उठेर विरोध गरिरहेका छन् ।
तर, सभामुखले प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन् । यस्तो गर्नु उचित नहुने राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको आग्रह छ ।
‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’ प्रमुख सचेतक शाहीको प्रश्न छ ।
संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद चलाउनु दादागिरी हुने उनको आग्रह छ ।
‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने ।
प्रतिक्रिया 4