+
+
Shares

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटमा चट्याङ लागेर ६५ वर्षीय वृद्ध सियाराम वनियाको मृत्यु भयो।
  • मौसम बिग्रिएर पानी परेपछि घर अगाडि बाँधेको बाख्रा फुकाउने क्रममा उनी घाइते भए।
  • उपचारका क्रममा उनको मृत्यु भएपछि शव पोस्टमार्टम गरिएको छ।

१ असार, रौतहट । आज बिहान रौतहटमा चट्याङ्ग लागेर ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

गरुडा नगरपालिका वडा नं. १ जयनगरमा चट्याङ लागेर सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मौसम बिग्रिएर पानी पर्न थालेपछि घर अगाडि बाँधेको बाख्रा फुकाउने क्रममा उनलाई चट्याङ लागेको थियो ।

चटयाङ लागेर गम्भीर घाइते भएका वनियालाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर ल्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताए ।

मृतक वनियको शव पोस्टमार्टम पश्चात परिवारजनको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?