+

ओलम्पिक कमिटीलाई पनि खेल संस्थाको रुपमा राखिने

२०८२ असार  १ गते १५:५५ २०८२ असार १ गते १५:५५
ओलम्पिक कमिटीलाई पनि खेल संस्थाको रुपमा राखिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीलाई खेल संस्था अन्तर्गत राख्नको लागि प्रस्ताव गरिएको छ।
  • युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद विकास ऐन २०७७ संशोधन गर्न प्रस्ताव गर्नुभएको छ।
  • संशोधनले ओलम्पिक कमिटीलाई खेल संस्थाको रुपमा समावेश गर्नुपर्ने उल्लेख गरेको छ।

१ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई पनि अब खेल संस्था अन्तर्गत नै राख्नका लागि प्रस्ताव गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद विकास ऐन २०७७ संशोधन गर्न पेश गरेको विधेयकमा ओलम्पिक कमिटीलाई पनि खेल संस्थाको रुपमा राख्नुपर्ने उल्लेख गरिएको छ ।

संशोधनका लागि राखिएको विधेयकको २ नं बूँदामा भनिएको छ- राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ (यसपछि “मूल ऐन” भनिएको) को दफा २ को खण्ड (च) को सट्टा देहायको खण्ड (च) राखिएको छः- “(च) “खेल संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको खेलकुद सम्बन्धी संस्था, खेल संघ, राष्ट्रिय खेल संघ वा महासंघ सम्झनु पर्छ र सो शब्दले दफा ३७ बमोजिमको ओलम्पिक कमिटी, पारा ओलम्पिक कमिटी वा विशेष ओलम्पिक कमिटीलाई समेत जनाउँछ । “

यसअघिको ऐनमा “खेल संस्था” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको खेलकुद सम्बन्धी संस्था सम्झनु पर्ने उल्लेख छ ।

२०७७ सालमा खेलकुद विकास ऐन जारी भएपछि पहिलो पटक संशोधन आएको हो ।

खेलकुद विकास ऐन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय