
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत पाटनले युनुस अन्सारीको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
- उनीमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको छ।
१ असार, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश छ दुर्गाप्रसाद ढुंगेलको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । उनलाई किन हिरातमा राखेर अनुसन्धान गर्नुको जवाफ विपक्षीहरुसँग माग गरिएको छ ।
शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, सम्पत्ति सुद्धिकरण विभाग, नख्खु कारागारसमेतलाई प्रतिपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
१० जेठमा तोकिएको सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो । उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् ।
२०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।
यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर हिजो शनिबार मात्रै छुटेका थिए । लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया 4