 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल गरे।
- भेटमा संसद्मा जारी अवरोध र भिजिट भिसा प्रकरणमा छलफल भयो।
- रास्वपाले संघर्ष जारी राख्ने बताएको छ र सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाव दिए।
२ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् ।
स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्मा जारी अवरोधबारे छलफल भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेर रास्वपा संसद्मा विरोधमा छ । सभामुखले संघर्षको स्वरुप परिवर्तन गर्न सुझाउँदै आएका छन् ।
रास्वपाले आफूहरूको संघर्ष जारी रहने बताएको छ ।
आइतबार पनि रास्वपाका कार्यवाहक सभापति अर्याल र सभामुखबीच भेट भएको थियो । सभामुखले प्रत्येक भेटमा रास्वपालाई संघर्षको स्वरुप परिवर्तन गर्न आग्रह गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4