
News Summary
Generated by OK AI. Editorially reviewed.- उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकको पक्राउ विरुद्ध निवेदनको सुनुवाइ गरेको छ।
- निवेदनमा गृह मन्त्रालय, प्रहरी र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ।
- पक्राउ पूर्जी जारी भएपनि पाठक सम्पर्कविहीन छन् र विरोधस्वरूप विज्ञप्ति जारी भएको छ।
२ असार, काठमाडौं । विद्युतीय अपराध ऐन विपरीतको कसुरमा पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्ने तयारीविरुद्ध उच्च अदालत, पाटनमा परेको निवेदनमाथि सुनुवाइ सकिएको छ ।
हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।
त्यसविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । निवेदनमाथि सोमबार उच्च अदालतका न्यायाधीश ऋषिराज भण्डारीको इजलासमा सुनुवाइ सकिएको छ ।
आदेश आउन बाँकी रहेको अदालतका एक अधिकारीले बताए । निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरोलाई विपक्षी बनाइएको छ । समाचारको विषयमा निरुपण गर्न प्रेस काउन्सिलसहितका निकाय भए बदनियतपूर्वक विद्युतीय कसुरमा मुद्दा चलाइएको जिकिर निवेदनमा छ ।
पक्राउ पूर्जी जारी भएयता प्रहरीले पाठकको खोजीलाई व्यापक बनाएको छ । यद्यपि, उनी सम्पर्कविहीन छन् । पक्राउ पूर्जीविरुद्ध सम्पादकहरुले समेत विरोध जनाउँदै शनिबार विज्ञप्ति जारी गरेका थिए ।
प्रतिक्रिया 4