+

पाँचपोखरी टी-२० क्रिकेट : पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

२०८२ असार  २ गते १६:४८ २०८२ असार २ गते १६:४८
पाँचपोखरी टी-२० क्रिकेट : पाँचपोखरी र मेलम्ची संयुक्त विजेता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्तरिय टी-२० प्रतियोगिताको च्याम्पियन बने।
  • वर्षाका कारण फाइनल खेल नतिजाविहीन भएपछि दुवै टोलीलाई विजेता घोषणा गरिएको हो।
  • दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन्।

२ असार, काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार तय भएको फाइनल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीलाई संयुक्त रूपमा विजेता घोषणा गरिएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पाँचपोखरी १७.४ ओभरमा एक विकेट गुमाउँदै १३३ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।

खेल रोकिनुअघि पाँचपोखरीका कप्तान सार्थक धिताल ५२ बलमा सात चौकाको मद्दतले ६१ तथा बुद्धी तामाङ ४४ बलमा दुई चौकासहित ३३ रन बनाएर खेलिरहेका थिए । यसैगरी रोशन विक २४ रन बनाए आउट भए ।

मेलम्चीका लागि कप्तान रिन्जिङ तामाङले एक विकेट लिए ।

संयुक्त रूपमा विजेता घोषित भएपछि दुवै टोलीले पुरस्कार रकम पनि बाँडेका छन् । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने तय रहेकामा अब  दुवै रकम जोडेर हुन आउने रकमको आधा अर्थात् ७५ हजार प्राप्त गरेका छन् ।

वर्षाका कारण पहिलो सेमिफाइनल रद्द भएपछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनल प्रवेश गरेको थियो । यसैगरी दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोका क्लबविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरेका थिए ।

पाँचपोखरी टी-२० क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय