
News Summary
Generated by OK AI. Editorially reviewed.- संसद्मा रास्वपाका सांसदहरूले नारावाजी र वेल घेराउ गरे, जसले बैठक अवरोध भयो।
- सभामुखले नारावाजीलाई बेवास्ता गरी उपप्रधानमन्त्रीलाई बोलाएर छलफल सुरु गरे।
- संसदले ‘विनियोजन विधेयक, २०८२’ माथि छलफल र स्वीकृतिका प्रक्रिया अघि बढाएको छ।
२ असार, काठमाडौं । संसद्मा एक जना सांसद उठे पनि अवरोध भएको मानिने गरिन्छ । तर, यस्तो मान्यता नेपालको संसदमा पटक–पटक उल्लघंन भएका छन् ।
सोमबार प्रतिनिधि सभाको दुई वटा बैठक बस्यो । पहिलो बैठकमा वेल घेराउ र नारावाजी गरेका रास्वपाका सांसदहरू साँझ ५ बजेर २० मिनेटमा बसेको दोस्रो बैठकमा पनि सुरु भए लगत्तै उठे ।
रास्वपाका सांसदहरू उठेकोतर्फ सभामुख देवराज घिमिरेले हेरे । तर, केही पनि नबोली बैठकलाई कार्यसूचीमा अगाडि बढाए । त्यसपछि रास्वपाका सांसदहरू फेरि नारा लगाउँदै वेलमा आए ।
रास्वपाको नारावाजी र वेल घेराउलाई ख्याल नै नगरी सभामुखले रोष्ट्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई बोलाए ।
त्यसपछि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
लगत्तै, सभामा छलफल सुरु भएको छ । यो छलफल सकिएपछि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत हुन्छ । सभाले स्वीकृत गरेपछि सांसदहरूका लागि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय सुरु हुनेछ ।
तर, संसद्मा रास्वपाका रांसदहरू भने नारावाजी गरिरहेका छ्न । उनीहरूको नारा छ– हाम्रो आन्दोलन जारी छ, मानव तस्करलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे, मानव तस्करलाई संरक्षण बन्द गर, झुटो कति बोलेको ? जनताले छ सुनेको, फासफुस सम्झौता चाहिँदैन ।’
प्रतिक्रिया 4