+

फिफा क्लब विश्वकप : फ्लामेंगोले एसपेरेन्सलाई हरायो

२०८२ असार  ३ गते ११:०४ २०८२ असार ३ गते ११:०४
फिफा क्लब विश्वकप : फ्लामेंगोले एसपेरेन्सलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्लामेंगोले फिफा क्लब विश्वकप २०२५ को समूह ‘डी’ को खेलमा एस्पेरेन्सलाई २–० ले पराजित गर्‍यो।
  • उरुग्वेयन खेलाडी जिओर्जियन दे अरास्काएता र लुइज अराउजोले गोल गरे।
  • फ्लामेंगोले समूहमा ३ अंक जोडेको छ र चेल्सीसँग आगामी खेल खेल्नेछ।

३ असार, काठमाडौं । ब्राजिलियन क्लब फ्लामेंगोले फिफा क्लब विश्वकप २०२५ अन्तर्गत समूह ‘डी’ को खेलमा ट्युनिसियाली क्लब एस्पेरेन्सलाई २–० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ।

फ्लामेंगोलाई जित दिलाउन उरुग्वेयन मिडफिल्डर जिओर्जियन दे अरास्काएता र फरवार्ड लुइज अराउजोले गोल गरे। खेलको १७औं मिनेटमा अराउजोको पासमा अरास्काएताले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो गोल ७०औँ मिनेटमा स्वयं अराउजोले जर्जिन्होको पासमा गर्दै टोलीलाई सहज जित दिलाए।

खेलभरि फ्लामेंगोले बलमा नियन्त्रण जमाउँदै एस्पेरेन्सलाई मौका नै दिएन। ट्युनिसियाली टोलीले खेलभरि जम्मा दुई वटा मात्र प्रहार फ्रेममा राखेका थिए जहाँ गोलरक्षक अगस्टिन रोसीले एकपटक भने उत्कृष्ट बचाउ गरेका थिए ।

यो जितसँगै फ्लामेंगोले समूह ‘डी’ मा ३ अंक जोडेको छ र अब आगामी खेलमा इंग्लिस क्लब चेल्सीसँग भिड्नेछ। समूहको अर्को खेलमा चेल्सीले पनि आफ्नो पहिलो खेल जित्दै ३ अंक जोडेको छ।

फिफा क्लब विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय