News Summary
Generated by OK AI. Editorially reviewed.- वियान मुल्डरले ट्राभिस हेडसँगको भावुक संवाद खुलासा गरे, जसमा हेडले हारबाट दु:खी रहेको बताए।
 - मुल्डरले हेड र प्याट कमिन्सलाई महान व्यक्ति र खेलाडी भनेर प्रशंसा गरे र हेडसँग फोनमा कुरा गरे।
 - दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियनसिपको उपाधि पहिलो पटक जित्यो, जसले ऐतिहासिक सफलता हासिल गर्यो।
 
३ असार, काठमाडौं । गत शनिबार इंगल्याण्डको लर्ड्समा सम्पन्न विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलपछि दक्षिण अफ्रिकी अलराउन्डर वियान मुल्डरले अस्ट्रेलियाका ट्राभिस हेडसँगको एक भावुक संवादको खुलासा गरेका छन्।
मुल्डरले बताएअनुसार ट्राभिस हेड हारबाट निकै दु:खी थिए । यद्यपी दक्षिण अफ्रिकाको जितप्रति उनले धेरै खुसी पनि व्यक्त गरेका थिए।
आईपीएल २०२५ मा मुल्डर र हेड दुवै सनराइजर्स हैदराबादबाट खेल्ने टिममेट थिए । त्यो समयमा उनीहरूबीच राम्रो मित्रता बनेको मुल्डरले बताए ।
डब्लुटिसीको फाइनल खेलमा मुल्डरले बल र ब्याट दुबैमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनले दोस्रो इनिङमा ट्राभिस हेडलाई आउटसमेत गरेका थिए।
आईसीसी डिजिटलसँग कुरा गर्दै मुल्डरले भने, ‘हेडी (हेड) साँच्चै राम्रा मान्छे हुन्, र प्याट कमिन्स पनि त्यस्तै महान व्यक्ति हुन्। मैले हेडसँग हिजो राति फोनमा कुरा गरें। उनी हाम्रो जितप्रति खुसी थिए, तर अस्ट्रेलिया जित्न नसकेकोमा उनी निकै टुटेका थिए।’
उनले थपे, ‘अस्ट्रेलियाली खेलाडीलाई कहिलेकाहीं अलिक कठोर स्वभावका रूपमा लिइन्छ, तर यी खेलाडीहरू सच्चा च्याम्पियन हुन्। खेलको आत्मा जति उच्च हुनसक्छ, त्यस दिन त्यति नै उच्च थियो।’
दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि ऐतिहासिक जित निकाल्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि हात पारेको थियो।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4